PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

न्युयोर्कमा परराष्ट्रमन्त्री महतको सम्बोधन- 'नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी'



पहिलोपोस्ट

न्युयोर्कमा परराष्ट्रमन्त्री महतको सम्बोधन- 'नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी'

  • रमेश लम्साल
न्युयोर्क : परराष्ट्रमन्त्री डा. प्रकाशरण महतले संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै एक उत्कृष्ट र समावेशी संविधान भएको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभाको क्रममा संयुक्त राष्ट्रसङ्घ भवन न्युयोर्कमा आयोजना गरिएको प्रथम संविधान दिवस समारोहलाई आज सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनमार्फत मुलुकलाई अगाडि बढाइने उल्लेख गरे।
 
विगतका दुई वटा द्वन्द्वरत पक्ष र शान्ति सम्झौताका हस्ताक्षर कर्ताबीचमा भएको पछिल्लो गठबन्धनले पनि नेपालको शान्ति र संविधान निर्माण प्रक्रियाले गति लिएको तथा कार्यान्वयन पनि सहज रुपमा अगाडि बढ्ने उनले बताएका छन्।
 
नेपालको संविधान कुन हदसम्म समावेशी छ भन्ने स्पष्ट पार्दै उनले राज्यका पाँच महत्वपूर्ण पदमध्ये तीन वटामा महिला नै प्रमुख रहेको प्रसंग निकाले। 'राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश तीनै जना महिला हुनुहुन्छ, हामी चाहन्छौँ कि कार्यकारी प्रमुख पनि महिला नै हुनुपर्छ,' उनले थप भने, 'आशा गरौँ, त्यो सपना पनि पूरा हुन्छ।' 
 
कार्यक्रममा महासभामा सहभागी विभिन्न मुलुकका परराष्ट्रमन्त्री, कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, अमेरिकामा रहेका नेपाली समुदाय, उद्योगी व्यवसायीको सहभागिता थियो।
 
कार्यक्रमका सहभागीले नेपालको संविधानका बारेमा चासो राखेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell