PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

राप्रपा नेपालका अध्यक्ष थापा जापान प्रस्थान



पहिलोपोस्ट

राप्रपा नेपालका अध्यक्ष थापा जापान प्रस्थान

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा जापान गएका छन्।
 
राप्रपा नेपालको भ्रातृ संगठन प्रवासी नेपाली संगठन जापानको छैटौं अधिवेशनमा सहभागी हुन थापा गएराति त्यसतर्फ प्रस्थान गरेका हुन्।
 
नेपाल-जापान सम्बन्धको ६०औं वर्ष पूरा भएको अवसरमा जापानको इवाते प्री फेक्चर इन्टरनेशनल एसोसिएसन, नेपाल-जापान नागरिक समाज लगायतका संस्थाले गर्ने विशेष कार्यक्रममा उनी सहभागी हुनेछन्। थापाको भ्रमण टोलीमा राजनीतिक सल्लाहकार एवं पार्टी केन्द्रीय सदस्य राजाराम बर्तौला, केन्द्रीय सदस्य प्रेम श्रेष्ठ, प्रवास विभाग प्रमुख विजय खड्का रहेका छन्।
 
उनी असोज १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको प्रवक्ता राजाराम श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell