PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

फिलिपिन्समा ६ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प



पहिलोपोस्ट

फिलिपिन्समा ६ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प

फिलिपिन्स : फिलिपिन्समा आज बिहान ६ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहानको  ६ बजेर ५३ मिनेट जाँदा उक्त भूकम्प गएको हो।

माटी भन्ने ठाउँमा भूकम्पको केन्द्र रहेको फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीले जनाएको छ। यो केन्द्र डेभाओ सहरभन्दा ११४ किमि टाढा पर्छ। बिहानै भूकम्प गएपछि सुतिरहेका मान्छेहरु अत्तालिँदै भागेका थिए। अहिलेसम्म कति क्षति भयो र कतिको मृत्यु भयो भन्नेबारे विवरण आइसकेको छैन।

यस्तै, आजै बिहान रोमानियामा पनि ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ। स्थानीय समयअनुसार यो भूकम्प बिहान २ बजेर ११ मिनेटमा गएको हो। यसको केन्द्र बुकारेस्टभन्दा १४९ किमि उत्तर रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell