PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

आयोग बनाएर संविधान संशोधन गर्न बाबुराम भट्टराईको सुझाव



पहिलोपोस्ट

आयोग बनाएर संविधान संशोधन गर्न बाबुराम भट्टराईको सुझाव

काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले संविधानलाई शंशोधन गरेर अघि बढ्नुपर्ने बताएका छन्। शनिबार संविधान जारी भएको एक वर्षको अवसरमा नयाँ शक्ति नेपाल आयोजना गरेको सम्वाद कार्यक्रममा बोल्दै संयोजक भट्टराईले यस्तो धारणा दोहर्‍याएका हुन्।

संविधान गतिशील दस्तावेज भएकाले समयअनुसार शंशोधन गर्न सकिने उनले बताए। संविधान जारी गर्न आन्दोलन गरेका दलहरुको एजेन्डालाई नै संविधानमा समेट्न नसक्दा संविधान कार्यन्वयनमा समेत ढिलाइ भएको उनले बताए। भट्टराईले भने, ‘संविधान संशोधन कुनै आयोग वा राजनीतिक समिति बनाएर गर्न सकिन्छ। यदि समयमा नै संविधान संशोधन गरेरे कार्यन्वयनमा ल्याउन सकिएन भने देश ठुलो दलदलमा फस्नेछ।‘
 
आन्दोलनरत दलहरु माग पूरा नगरेसम्म संविधान कार्यन्वयन गर्न समेत सम्भव नरहने दावी गरे। त्यस्तै संयोजक भट्टराईले देशमा राष्ट्रिय एकता कायम नभए विदेशीहरुले समेत चलखेल गर्ने घटना झन् बढेर जाने दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell