PahiloPost

Sep 17, 2026 | १ असोज २०८३

ठूलो दुर्घटनाबाट बच्यो यतीको जहाज



पहिलोपोस्ट

ठूलो दुर्घटनाबाट बच्यो यतीको जहाज

काठमाडौं : यती एयरलाइन्सको जहाज अवतरणका क्रममा भैरहवा विमानस्थलमा ठूलो दुर्घटनाबाट बचेको छ। विमान रनवेबाट चिप्लिए पनि कुनै मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक बेल पाण्डेले जानकारी दिए। विमान काठमाडौंबाट भैरहवा गएको थियो।

पाण्डेका अनुसार विमान चिप्लिएर रनवेको पश्चिमतिरको घाग्रा नजिकै पुगेको छ। 

कल साइन नाइन एन एआइबी रहेको यती एयरलाइन्स काठमाडौंबाट दिउँसो सबा ४ बजे उडेको थियो। २९ यात्रु र ३ चालक दलका सदस्य रहेको विमान अवतरणका क्रममा चिप्लिएको हो।
 
फोटो :पत्रकार चेतन पन्त फेसबुकबाट 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell