PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

सिरी ए : उपहार गोलले विजयी हुँदै युभेन्ट्स शीर्ष स्थानमा, नेपोलीको अपराजित यात्रा कायमै



पहिलोपोस्ट

सिरी ए : उपहार गोलले विजयी हुँदै युभेन्ट्स शीर्ष स्थानमा, नेपोलीको अपराजित यात्रा कायमै

युभेन्ट्स पालेर्मोलाई १-० ले पराजित गर्दै इटालियन सिरी ए को शीर्ष स्थानमा कायम रहन सफल भएको छ। आफैँले गोल गर्न नसके पनि युभेन्ट्सको जितमा पालेर्मोका खेलाडीले गोल उपहार दिए। 

४९ औं मिनेटमा एडोअर्डो गोल्डानिगाले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्ट्सले अग्रता लियो। र, अन्त्यमा त्यहि आत्मघाती गोल नै निर्णायक बन्दा युभेन्ट्स ३ अंक जोड्न सफल भएको हो। जितपछि ६ खेलबाट १५ अंक जोडेको युभेन्ट्स शीर्ष स्थानमा कायमै छ। 

सिरी ए कै अर्को खेलमा नेपोलीले चिएभो भेरोनालाई २-० ले पराजित गर्दै अपराजित यात्रालाई निरन्तरता दिएको छ। जारि सिजनको सिरी ए मा नेपाली एक मात्र अपराजित टीम हो।

नेपोलीको जितमा मानोलो गाबिअडनी र मारेक हमसिकले १/१ गोल गरे। जितपछि ६ खेलबाट १४ अंक जोडेको नोपोली दोस्रो स्थानमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell