काठमाडौं : तेस्रो संस्करणको गोदावरी फेस्टिभल शनिबार सम्पन्न भएको छ। बेसक्याम्प आउटडोर लाइफस्टाइलले आयोजना गरेको फेस्टिभलमा ६० किलोमिटर अल्ट्रा रन, सोलोमन ३० किलोमिटर र सुन्टो १५ किलोमिटर रन लगायत विभिन्न गतिविधि सम्पन्न भयो।
द नर्थ फेस अल्ट्रा रनको उपाधि शेरबहादुर थारुले जिते। ६ जना मात्र सहभागी दौडमा उनले निर्धारित दुरी ६ घण्टा १३ मिनेटमा पूरा गरे। दोस्रो भएका भीमबहादुर गुरुङले ६ घण्टा १६ मिनेटमा दुरी पूरा गर्दा तेस्रो भएका सित राज राईले ६ घण्टा २७ मिनेटमा दुरी पूरा गरे। महिला धावक इन्दु घिमिरेले ६ घण्टा ५९ मिनेटमा दुरी पुरा गरिन्।

३० किलोमिटरमा पुरुषतर्फ दामोदर बुढामगर र महिलातर्फ पुमा लक्ष्मी न्यौपाने विजयी बने। १५ किलोमिटरमा पुरुषतर्फ खडक बुढामगर र महिलातफ सुनमाया बुढा प्रथम भए।
फेस्टिभलमा नेपालका विभिन्न जिल्लाबाट २४५ जना सहभागी थिए। यस्तै फेस्टिभलमा रेडबुल अल स्टार बास्केटबल म्याच समेत भएको थियो।
(फोटो : खासिङ चन्द्र राई)