PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मनोपरामर्श मेलामा सांगीतिक गुञ्जन

मनोपरामर्श मेलामा सांगीतिक गुञ्जन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : त्रिभुवन विश्वविधालय अनतर्गत स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुको आयोजनामा ‘psych youth mela 2016’ पद्मकन्या बहुमुखी क्याम्पसमा सकिएको छ।

मनोविज्ञान र मानसिक स्वास्थ्यसम्बन्धी विषयबारे युवाहरुमा सचेतना र जिज्ञासा बढाउने हेतुले आयोजना गरेको उक्त मेलामा मनोविज्ञान र मानसिक स्वास्थ सम्बन्धी विभिन्न प्रदर्शनीहरु भएका थिए। प्रदर्शनीसँगै नाटक, संगीत र नृत्यहरु प्रस्तुत भएका थिए।
 
त्रिविका सहायक डीन प्राडा राजकुमार पाण्डे, पद्मकन्या क्याम्पस प्रमुख प्राडा रेनुका जोशी, त्रिवि केन्द्रीय मनोविज्ञान विभाग प्रमुख प्राडा शान्ता निरौला,  पद्मकन्या मनोविज्ञान विभाग प्रमुख किशोरी थापा र त्रिवि शिक्षण अस्पताल मनोविज्ञान विभागको प्रमुख मिता राणा समेत सहभागी थिए।
 
कार्यक्रममा १० वटा संस्थाहरुको संलग्नता थियो। कार्यक्रमको संयोजन ‘psychbigyaan Network Nepal’ नामक संस्थाले गरेको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell