PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

​वाइवाइ इपीएल : पञ्चकन्या तेजको विजयी सुरुवात, जगदम्बा राइनो ६ विकेटले पराजित



पहिलोपोस्ट

​वाइवाइ इपीएल : पञ्चकन्या तेजको विजयी सुरुवात, जगदम्बा राइनो ६ विकेटले पराजित

काठमाडौं : वाइवाइ एभरेस्ट प्रिमियर लिग इपीएफ क्रिकेटमा शरद भेषवाकरको टीम पञ्चकन्या तेजले विजयी सुरुवात गरेको छ।इपीएल अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा तेजले शक्ति गौचनको जगदम्बा राइनोलाई ६ विकेटले पराजित गरेको हो। 

१३० रनको मध्यम लक्ष्य तेजले ४ विकेटको क्षतीमा १९ ओभरमा पुरा गर्यो। पहिलो ओभरमै दुवै ओपनरलाई गुमाएपनि तेजले त्यसपछि सम्हालिए खेल्दै  उत्कृष्ट पुनरागमन गरेको हो। ४६ बल खेलेका उनले ४ चौका र २ छक्का समेत प्रहार गरे। तेजको जितमा पृथु बास्कोटाले सर्वाधिक ४८ रन बनाए। तेस्रो विकेटका लागि बास्कोटाले कप्तान शरदसँग 

भेषवाकरले २५ बलमा ४ चौकाको मद्धतमा २७ रनको योगदान गरे। यस्तै आरिफ शेखले नटआउट ३३ रन बनाए। २६ बल खेलेका आरिफले २ चौका र २ छक्का समेत प्रहार गरे।

दिपेन्द्र सिंह ऐरीले १२ बलमा नटआउट १७ रन जोडे। उनले १ चौका र १ छक्का प्रहार गरे। तेजका ओपनरद्वय आसिफ शेख र सन्जय श्रेष्ठ पहिलो ओभरमा खाता नखोली आउट भएका थिए। दुवैको विकेट सोमपाल कामीले लिए। यस्तै प्रेम तामाङ र निजामुद्धिन हलवाइले १/१ विकेट हात पारे।

तेजले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जगदम्बा राइनाले पुरै २० ओभर खेलेर ४ विकेट गुमाएर १२९ रन बनाएको थियो। 

कमजोर सुरुवात गरेको राइनोका लागि कप्तान शक्ति गौचन र सोमपाल कामीले पाँचौ विकेटका लागि नटआउट ७० रनको साझेदारी गर्दै टीमको स्कोर उकासेका थिए।

सोमपालले बिषफोटक ब्याटिङ गर्दै २० बलमा ४३ रन जोडे। अन्तिम ओभरको अन्तिम ओभरमा लगातार छक्का प्रहार गरेका उनले २ चौका र ४ छक्का प्रहार गरे। २३ बल खेलेका गौचनले १ चौका र १ छक्काको मद्धतमा नटआउट २९ रन बनाए। 

यस्तै ओपनर महेश क्षेत्रीले ३०, सुबेन्द्र पाण्डेले १४ तथा अमित श्रेष्ठले १० रन जोडे। हसिम अन्सारी पहिलो बलमै कट एण्ड बोल्ड भए। अन्सारी इपीएलमा डकआउट हुने पहिलो खेलाडी समेत बने।

राइनोलाई मध्यम स्कोरमा रोक्न तेजका सुशिल कँडेलले ३ विकेट लिए। ३ ओभर बलिङ गर्दै १ मेडन राखेर १३ रन मात्र खर्चिएका कँडेल म्यान अफ दि म्याच चुनिए। आरिफ शेखले १ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell