
सकारात्मक प्रतिक्रिया साथै व्यवसायिक सफलता हात पारिरहेको बलिउड फिल्म पिंकमा तीन युवती मुख्य पात्र छन्। फिल्ममा अभिनेत्रीहरु तापसी पन्नु, फलक कीर्ति कुल्हारी र एन्ड्रिया तारियाङ छन्, जो परिवारदेखि टाढा एउटै अपार्टमेन्टमा बस्छन्।
पुरै फिल्म उनिहरुकै जीवनकथा र दैनिकीमा घुम्छ। स्वतन्त्र जीवन बिताउन चाहने युवतीहरुको अवस्था, भोग्न पर्ने कष्ट र यौन दुर्व्यवहारको कथा समेटिएको फिल्ममा मिलन पात्रको भूमिका निभाएकी तापसी पन्नु केन्द्रमा छिन्।
त्यस्तै फलकको भूमिका निभाएकी कीर्ति कुल्हारी र एन्ड्रियाकै रुपमा देखिएकी एन्ड्रिया तारियाङलाई मिडियाले सहअभिनेत्रीहरु भन्दै आएको छ।
कीर्ती कुल्हारीले आफूलाई पिंकमा सहअभिनेत्री भनिएको रुचाएकी छैनन्। बलिउड हंगामामा जनाए अनुसार कुल्हारीले सबै पात्रले आफ्नो कथालाई लिड गरेको बताएकी छिन्।
यस अघि गिरिश मल्लिकको निर्देशनमा बनेको फिल्म जलमा देखिएकी उनले भनिन्,'फिल्ममा देखिएको हामी पात्रले एक अर्काको कथालाई सपोर्ट् गर्छौं। त्यसैले हामी सबै मुख्य पात्र हौं।'
उनले आफूलाई सहअभिनेत्री भनेको मन नपरेको संकेत गर्दै भनिन्,'अवार्डमा पनि मेरो नाम सहाभिनेत्रीको रुपमा मनोनयनमा पर्यो भने त्यो मेरो लागि सही हुने छैन।'
कीर्ती कुल्हारीको अभिनय रहेको पिंकलाई अनिरुद्ध रोय चौधरीले निर्देशन गरेका हुन्। तीन अभिनेत्री फिल्ममा बाहेक अमिताभ बच्चन, अंगद बेदी, पीयूष मिश्रा आदि कलाकारको मुख्य भूमिका रहेको छ। थ्रिलर, कोर्टरुम ड्रामा जानरामा बनेको फिल्मलाई रितेश शाहले लेखेका हुन्।