PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

सांसदले सोधे : लोकमान र प्रधानमन्त्री प्रचण्डबीच 'मिलेको' के हो?



पहिलोपोस्ट

सांसदले सोधे : लोकमान र प्रधानमन्त्री प्रचण्डबीच 'मिलेको' के हो?

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल र अख्तिायार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीबीच 'मिलेको भनिएको विषय' संसदलाइ जानकारी दिन माग गरेका छन्।

अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्तिको विषयमा सर्वोच्च अदालतले आफ्नै पुरानो निर्णयलाई उल्ट्याउँदै मुद्दा पुनरावलोकन थाल्ने आदेश गरेकै दिन कार्कीले लडाकुका लागि दिइएको रकम हिनामिना भएको मुद्‍दा अघि बढाउने बताएका थिए। त्यतिखेर भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको बैठकमा लोकमान र आफूबीच कुरा मिलिसकेको ब्रिफ गरेको सार्वजनिक भएको थियो
   
संसदको शून्य समयमा बोल्दै खतिवडाले भने – 'के के मिलेको हो संसदलाई जानकारी होस्।'

उनले सानालाई ऐन र ठूलालाई चैन हुने गरेको उल्लेख गर्दै ५८ करोड भ्रष्टाचारको एन्फा प्रकरणबारे अख्तिायरले के गर्दैछ भन्ने प्रश्न गरे।

नेकपा एमालेका सांसद रेवतीरमण भण्डारीले पनि अख्तियारको फाइल हराएको र भेट्टाएको भनिएको विषयमा सदमा सरकारले जवाफ दिनुपर्ने माग गरे।

एमालेका अर्का सांसद पशुपति चौलागाईँले सरकार र संवैधानिक निकायका बीचमा वाक युद्ध चलेको बताए। 'अख्तियारको प्रमुखको खोजिनीति सर्वोच्चले पठाइदिन भन्दा हरायो भन्यो। फेरि पायो भन्यो,' उनले भने, 'अख्तियारले अनुसन्धानको फाइल खोल्छु भन्यो। प्रधानमन्त्रीले पार्टी बैठकमा लोकमानसिंह कार्कीसँग कुरा मिलाएँ भनेर सार्वजनिक रुपमा आयो।'

सम्बन्धित सामग्री :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell