
संयुक्त राष्ट्रसङ्घ : बेलायत, फ्रान्स र अमेरिकाले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन आग्रह गरेका छन्।
सिरियाको दोस्रो ठुलो सहर अलेप्पोमा शनिबार भएको घटनाका बारेमा छलफल गर्न ती देशहरुले संयुक्त रुपमा शनिबार उक्त आग्रह गरेका हुन्।
स्थानीय समय अनुसार आइतबार बिहान १० बजे सो आकस्मिक बैठकको आयोजना गर्न आग्रह गरिएको कुटनितिज्ञहरुले जानकारी दिए।
सिरियाको अलेप्पो सहरमा शनिबार भएको भीषण हवाई हमलालगायतको आक्रमणहरुमा परी ४५ सर्बसाधारण मारिएपछि आकस्मिक बैठक बोलाउन ती देशहरुले आग्रह गरेका बताइएको छ।
सिरियाली सैनिकले विद्रोहीको नियन्त्रणमा रहेको पूर्वी सहरहरुमा पुनः कब्जाको लागि भीषण आक्रमण गर्ने घोषणा गरेको दुई दिनपछाडि सो हवाई हमला भएको जनाइएको छ।
राष्ट्रसङ्घका महासचिव बानकी मुनले अलेप्पोमा आधुनिक हतियारसहित आक्रमण भएकोमा यसअघि नै चिन्ता व्यक्त गरेका छन्।
सो सहरमा हवाई हमला, डरलाग्दा हरियार, वङ्कर बम र शक्तिशाली मेसिनहरु प्रयोग गरेर आक्रमण भएको बानले बताए।
सिरियामा केही दिन अगाडि मात्र ‘अल इद अदा’को अवसर पारी अमेरिका र रसियाको संयुक्त पहलमा युद्धविराम सम्झौता भएको थियो। रासस/एएफपी
फोटो : दी मिरर