PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

​राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्ताव स्वीकृत



पहिलोपोस्ट

काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।
      
चिकित्सा शिक्षालाई व्यवस्थित, व्यावसायिक एवम् युग सुहाउँदो तुल्याउन उक्त विधेयक अपरिहार्य भएको बताउँदै शिक्षामन्त्री धनीराम पौडेलले त्यसलाई विचारार्थ सदनमा प्रस्तुत गरेका थिए।
      
बैठकले श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले ‘श्रम विधेयक, २०७२’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७२’लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गरेको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ।
 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसादहरुले विधेयक फिर्ता गर्नका माग राखेका थिए।
रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell