PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

पूर्व गृहमन्त्री माधव घिमिरे चढेको कार त्रिशुलीमा वेपत्ता



पहिलोपोस्ट

काठमाडौँ : पूर्वगृहमन्त्री माधव घिमिरेको कार त्रिशुली नदीमा बेपत्ता भएको छ।

काठमाडौं आउँदै गरेको घिमिरेको बा ९ च १५३१ नम्बरको कार दारेचोक स्थित घोप्टभिरमा खसेको हो। कार साढे ४ बजेतिर त्रिशुलीमा बेपत्ता भएको हो। गोताखोर प्रयोग गरेर अहिले कारको खोजी भइरहेको छ।

गाडीमा ७ जना सवार रहेको बुझिएको छ। हाम फालेर बचेका चालक घाइते छन्। उनलाई उपचारका लागि चितवन लगिएको छ। दमौलीमा खाजा खाएपछि घिमिरे आफैँले गाडी चलाइरहेको प्रत्यक्षदर्शीलाइ उदृत गर्दै एभिन्युज टेलिभिजनले जनाएको छ।

प्रहरीले कारमा कति जना र को को भएको स्पष्ट भइ नसकेको जनाएको छ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री एमव् मुख्य सचिवको गाडी दुर्घटना भएको पुष्टि गरेका छन्।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell