- सरिता पौडेल-
चितवन प्रहरी उपरिक्षक बसन्त कुँवरले खोजतलास रोकिएको बताए। यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोरको समेत प्रयोग गरेर साँझ अबेरसम्म खोजतलास गरेको थियो।
घिमिरेको अवस्था अज्ञात रहेको भए पनि उनीसँगै सोही गाडीमा यात्रारत अन्य तीन जनाको शव प्रहरीले फेला पारेको छ। उनकी आमा चैतन्य घिमिरे, पाल्पाका नारायण काफ्ले र एक अङ्गरक्षक आरसी कार्की शव फेला परेको छ।
‘गाडी देखिएको छैन। रात पर्दै जाँदा उद्दार कार्य प्रभावित हुँदै गएको छ,’ चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले साँझ पहिलोपोस्टसँग भने, ‘मोहन घिमिरे, माधव घिमिरे र प्रकाश घिमिरे मिसिङ हुनुहुन्छ।‘ तीनै जना दाजुभाइ हुन्।
दमौलीमा खाजा खाएपछि गाडी प्रहरी हवल्दार विष्णु राईले चलाएका थिए। उनको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री एमव् मुख्य सचिवको गाडी दुर्घटना भएको पुष्टि गरेका छन्। उनले तत्काल खोजीका लागि निर्देशनसमेत दिएका छन्।
फोटो : सुभक महतोको ट्विटबाटपूर्व मूख्य सचिव एवं पूर्वमन्त्री माधव घिमिरे सवार कार दुर्घटना घटनाले स्तब्ध तुल्याएको छ, शिघ्र खोजीका लागि प्रशासनलाई निर्देशित गर्दछु।
— PM Puspakamal Dahal (@PM_Nepal) September 25, 2016