PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

​सुडान घोटालाबारे सर्वोच्चद्वारा झगडिया झिकाउन आदेश



पहिलोपोस्ट

काठमाडौँ : सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणका बारेमा सुनुवाइ गर्न सरकारलाई झिकाउने आदेश गरेको छ। 

न्यायाधीश गोविन्दप्रसाद उपाध्याय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले उक्त विषयमा सुनुवाइ गर्नका लागि सरकारलाई झिकाउने आदेश गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले आज जानकारी दिए। 

आदेशमा फौजदारी न्याय सिद्धान्तको रोहमा विचारणीय देखिने भएका कारणले विशेष अदालत काठमाडौँले २०६८ फागुन १ को फैसला विचारणीय भएको हुँदा विपक्षीलाई झिकाइएको उल्लेख छ। 

सुडानमा शान्ति सेनामा गएका प्रहरीका लागि बन्दोबस्ती सामान खरिद गर्दा ठूलो रकम भ्रष्टाचार गरेको विषयमा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो। 

आरोपित हेमबहादुर गुरुङ, शम्भु भारती, ओमविक्रम राणा र रमेशचन्द ठकुरीले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएका थिए। सोही निवेदनउपर छलफल गर्न सर्वोच्चले सरकारलाई बोलाएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell