
काठमाडौं : नेकपा माओवादी केन्द्रले आगामी महिना पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले संगठनात्मक विषयमा निर्णय लिन राष्ट्रिय भेला बोलाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।
‘सचिवालयको बैठकमा पार्टी संगठनबारे गम्भीर छलफल भयो। पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित गर्न कार्तिक १० र ११ गते राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय भएको छ,’ उनले सुनाइन्।
राष्ट्रिय भेलामा संगठनको आकारलाई व्यवस्थित र चुस्त बनाउने, स्थानीय तहको निर्वाचन लक्षित संगठनात्मक संरचना निर्माण गर्ने र स्थानीय निर्वाचनमा पार्टीको विजयलाई सफल तुल्याउने कार्यविधि, संगठन र जिम्मेवारीबारे छलफल हुने पनि प्रवक्ता भुसालले बताइन्।