PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

भूकम्पले हराएको भनिएको लोकमानको स्पष्टीकरण फाइल सर्वोच्च अदालत पुग्यो



पहिलोपोस्ट

भूकम्पले हराएको भनिएको लोकमानको स्पष्टीकरण फाइल सर्वोच्च अदालत पुग्यो

काठमाडौं : सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको स्पष्टीकरण फाइल सर्वोच्च अदालतमा पठाएको छ। मन्त्रालयले उक्त फाइल आज सर्वोच्चमा पठाएको प्रवक्ता नहकुल सुवेदीले पहिलोपोस्टलाई जानकारी दिए।

सर्वोच्च अदालतले कार्कीलाई नेपाल सरकारको मुख्य सचिव हुँदा सोधिएको स्पष्टीकरणको फाइल मन्त्रालयसँग मागेको थियो।

कार्कीको नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको पुनरावलोकनको क्रममा सर्वोच्चले फाइल मागेको हो। तर मन्त्रालयले १० वर्ष पुरानो घटना भएको र भूकम्पका कारण फाइल फेला पर्न नसकेको भन्दै गत भदौ २१ गते जवाफ सर्वोच्चमा पठाएको थियो। लगत्तै सर्वोच्चले फाइल नपठाउनुलाई गैरजिम्मेवारपूर्ण कार्यको रुपमा अर्थ लगाउँदै एक साताभित्र फाइल नपठाए कारबाही गर्ने चेतावनी दिएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत शुक्रबार फाइल पठाएको थियो। सामान्य प्रशासन मन्त्रालयले भने आज मात्रै फाइल सर्वोच्च पठाएको हो।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell