
काठमाडौं : फुटबल प्रिमियर लिग अन्तर्गत फाइनल राउण्डका खेलहरु सोमबारबाट राजधानीमा सुरु भएको छ।
सोमबार भएको उद्घाटन खेलमा चौर फुटसल बाँसबारीले विजयी सुरुवात गरेको छ। रञ्जित श्रेष्ठको २ गोल मद्दतमा चौरले होम ग्राउण्डमा भएको खेलमा ढुकु फुटसल हव महाराजगन्जलाई ३–२ गोल अन्तरले पराजित गर्यो।
चौरलाइ जिताउन निर्णायक भूमिका खेलेका रञ्जित म्यान अफ द म्याच चुनिए। चौरका लागि अर्को गोल रमेश गुरुङले गरे।
ढुकुका लागि सविन केसी र सुरज राउतले १/१ गोल गरे पनि हार टार्न पर्याप्त भएन।
यसअघि लिगको उद्घाटन खेलमा नेपाल खेलकुद पत्रकार मञ्चको टोलीले आयोजक आयोजक एएमए इभेन्टलाई ११–३ ले पराजित गर्यो।
लिगको उद्घाटन राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी बालगोपाल महर्जन, उपेन्द्रमान सिंह र राकेश श्रेष्ठले गरेका थिए।
होम एण्ड अवेको आधारमा मंसिर २८ गते (नौ हप्ता) सम्म चल्ने लिगमा विभिन्न १६ फुटसल टिमको सहभागिता रहेको छ। छनोट चरणबाट उत्कृष्ट प्रदर्शन गरेका १६ टीम फाइनल राउण्डमा प्रवेश गरेका हुन्।
लिगमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा चौर, ढुकु फुटसल, रजनी फुटसल, इम्पेरियल फुटसल, ह्वाइट हर्स फुटसल, बानेश्वर रिक्रिएसन, आदर्श फुटसल र किक अफ फुटसल रहेका छन्।
यस्तै समूह ‘बी’ मा हरिसिद्धि फुटसल, सामाखुसी फुटसल, कुमारी फुटसल, हाइवे फुटसल, कीर्तिपुर फुटसल, शंखमुल फुटसल, ताहाचल फुटसल र बिजी फुटसल छन्।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछन्। त्यसैगरी उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार प्राप्त गर्नेछन्।