PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

​फोटोमा हेर्नुस्, स्ट्रिट आर्टमा 'लोकल हिरो'

​फोटोमा हेर्नुस्, स्ट्रिट आर्टमा 'लोकल हिरो'

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान टंगालमा 'स्ट्रिट आर्टिस्ट'को एक समूहले नेपाली ग्रामीण परिवेश र नेपालका हिरोहरु झल्कने कला प्रदर्शन गरिरहेको छ। प्रसाद प्रोजेक्ट नाम दिइएको प्रदर्शनीमा २५ कलाकारको ५० वटा कला राखिएको छ।

प्रदर्शनीमा स्ट्रिट आर्ट मार्फत युवाहरुको बसाईसराईलाई देखाइएको छ। त्यस्तै नेपालका 'लोकल हिरो'लाई प्रदर्शनीमा राखिएको छ। 'लोकल हिरो भन्नाले नारायण गोपाल, लक्ष्मीप्रसाद देवकोटा, मीरा राई , पारस खड्काहरु कलामा छन्', प्रदर्शनमा सहभागी किरण महर्जनले भने।

उनले आर्ट मार्फत 'बसाईसराई, अवसरको कमीका कारणहरु मानिसमा आएको निराशा प्रदर्शन गरिएको बताए। महर्जन आफैँले पनि चराहरुको बसाईसराई र मानिसको बसाईसराईको अवस्था झल्कने कला प्रदर्शनीमा राखेका छन्।


उनले पहिलोपोस्टसित भने - 'उत्तरी क्षेत्रका चराहरु बसाई सरेर नेपाल आउँछन् त्यो सिचुएसन अनि नेपाली मान्छेहरु अन्य मुलुकमा माइग्रेट भएका छन् त्यसको कन्ट्रास्ट र आइडोलोजी प्रस्तुत गरेको छु।'

प्रदर्शनी आउँदो शुक्रबारसम्म चल्नेछ। हेर्नुस् इलिट जोशीले खिचेका फोटोहरु- 


 


ट्रेन्डिङ पोस्ट

Ncell