काठमाडौँ : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को अध्यक्षमा ध्रुव आले निर्विरोध निर्वाचित भएका छन्। राजधानीमा आज भएको एनएफपीजेको नवौँ साधारण सभाले आलेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो।
एनएफपीजेको सचिवमा प्रदिपराज वन्त, कोषध्यक्षमा तेज बहादुर बस्नेत सर्वसम्मत भएका छन्। यस्तै चारजना सदस्यहरु राजेन्द्र चित्रकार, सुनिल बज्राचार्य, शोभा महर्जन र प्रतीक लामिछाने पनि निर्विरोध चयन भएका छन्।
२०५३ सालमा स्थापना भएको एनएफपीजेका नवनिर्वाचित अध्यक्ष आलेले आउँदा दिनमा समग्र फोटो पत्रकारिता व्यवसायीक बनाउँदै फोटो पत्रकारहरुको हक हितमा काम गर्ने प्रतिबद्धता जनाए।