PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न कमल थापाको आह्वान



पहिलोपोस्ट

जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न कमल थापाको आह्वान

इवाते (जापान) : राप्रपा नेपालका अध्यक्ष कमल थापाले जापानका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्। नेपाल-जापान कूटनितिक सम्बन्धको ६०औं वर्ष पूरा भएको अवसरमा आयोजित विशेष कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै अहिले नेपाल सुरक्षित भइसकेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे।
 
गतवर्षको विनाशकारी भूकम्प, त्यसको प्रभाव र पुनर्निर्माणको अवस्थाका साथै देशको वर्तमान राजनीतिक परिस्थितिका बारे पनि थापाले प्रकाश पारे। जापानले भूकम्पपछि नेपाललाई पुर्‍याएको योगदानप्रति कृतज्ञता प्रकट गर्दै उनले जापान सरकारलाई धन्यवाद दिए।
 
जापानमा पनि विभिन्न समयमा भूकम्प र सुनामीका कारण भएको प्राकृतिक क्षतिप्रति आफूहरु उक्तिकै चिन्तित रहेको बताउँदै थापाले प्रभावित क्षेत्रमा पुगेर पुनर्निर्माण र विकासलाई हेर्नेसिक्ने मौका यो भम्रणले दिलाएको बताए।
 
जापानको इवाते प्रिफेक्चरका गर्भनर ताकुया तासुको निमन्त्रणमा गत शनिबार जापान आएका थापा शुक्रबार नेपाल फर्कनेछन्। उनीसँगै राप्रपा नेपाल महिला संगठन सल्लाहकार प्रलीता थापा, केन्द्रीय सदस्यद्वय प्रेमकुमार श्रेष्ठ, राजाराम बर्तौला र प्रवास विभाग प्रमुख विजय खड्का पनि भ्रमणमा सहभागी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell