PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

धादिङमा बस दुर्घटना : १४ जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते



पहिलोपोस्ट

धादिङमा बस दुर्घटना : १४ जनाको घटनास्थलमै मृत्यु, ९ जना घाइते

काठमाडौं : धादिङमा आज भएको यात्रुबाहक बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। धादिङको उत्तरी क्षेत्रमा पर्ने मार्पाकमा सो दुर्घटना भएको हो। 

मृत्यु हुनेमा पुरुष १० जना र महिला ४ जना रहेका छन्। उक्त दुर्घटनामा ३ महिलासहित ९ जना घाइते भएका छन्।  

धादिङबेँसीबाट किन्ताङफेदी गइरहेको संयुक्त यातायातको ना४ख ३३१८ नम्बरको बस मार्पाक गाविस-६ लपाङमा दुर्घटना भएको हो। पहिरो गएको कारण सडक भासिएकाले अनियन्त्रित भई बस पल्टिएको घटनास्थलमा रहेका प्रहरी हवल्दार दिनेशप्रसाद यादवले पहिलोपोस्टलाई बताए।

बस आँखु खोला किनारमा खसेको छ। भीरमा शवहरु यत्रतत्र छरिएकाे मृतकको संख्या अझ बढ्न सक्ने प्रहरीको भनाइ छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell