PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

प्रचण्डलाई ओलीको प्रश्नैप्रश्न- 'किन गइयो भारत? नाकाबन्दी थियो र सुध्रियो?'



पहिलोपोस्ट

प्रचण्डलाई ओलीको प्रश्नैप्रश्न- 'किन गइयो भारत? नाकाबन्दी थियो र सुध्रियो?'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई लिएर संसदमा आलोचना गरेका छन्।
 
आज व्यवस्थापिका संसद बैठकमा विशेष समय लिएर उनले भारत भ्रमण किन र केका लागि? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे।
 
'के समस्या थियो र उहाँ जानुभयो?' उनले प्रश्न गरे, 'समस्या के थियो र सुध्रियो? कि नाकाबन्दी थियो र खुल्यो?' 
 
नेपाल-भारतबीतको संयुक्त वक्तव्यका धेरैजसो बुँदामा भारतीय चासो र भूमिकालाई आमन्त्रण गर्न खोजिएको भन्दै ओलीले आलोचना गरे। 'संविधान कार्यान्वयनको विषय आन्तरिक हो। यहाँ भारतको चासो र भूमिकालाई आमन्त्रण गर्न खोजियो,' उनले भने, 'यो आपत्तिजनक छ।'
 
नेपालको पराराष्ट्र नीति र मामिलामा निकट सम्बन्धका आधारमा बाँधिन नमिल्ने भन्दै उनले यसले स्वतन्त्र पराष्ट्र नीतिलाई नियन्त्रित र सीमित गर्ने बताए। उनले थपे, 'उहाँ केका लागि भारत जानुभयो, मलाई थाहा छैन।'

पेट्रोलियम पाइपलाइन सम्झौतामै गलत गरिएको अध्यक्ष ओलीले भनाइ थियो। संविधान कार्यान्वयन कार्यतालिका सरकाले नल्याएकोमा पनि उनले आपत्ति जनाए।
 
बंगाली कवि रविन्द्रनाथ टैगोरको 'एकला चलो रे' गीत सुनाउँदै उनले प्रचण्ड नेतृत्वको सरकार एक्लैएक्लै हिँडिरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell