PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

धादिङमा बस दुर्घटना : १४ जनाको मृत्यु, उद्धारका लागि सेनाको हेलिकोप्टर जाँदै



सविन ढकाल

धादिङमा बस दुर्घटना : १४ जनाको मृत्यु, उद्धारका लागि सेनाको हेलिकोप्टर जाँदै

काठमाडौं : धादिङमा आज भएको यात्रुवाहक बस दुर्घटनाका घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतर्फ गएको छ।
 
घटनाबारे सूचना पाउनेबित्तिकै हेलिकोप्टर पठाउने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता वालकृष्ण पन्थीले बताए। 'त्यस क्षेत्रमा उपचार हुन नसक्ने घाइतेलाई काठमाडौं ल्याएर उपचार गर्नेछौं,' उनले भने।
 
धादिङको उत्तरी क्षेत्रमा पर्ने मार्पाकमा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पुरुष १० जना र महिला ४ जना रहेका छन्। उक्त दुर्घटनामा ३ महिलासहित ९ जना घाइते भएका छन्। 
 
धादिङबेँसीबाट किन्ताङफेदी गइरहेको संयुक्त यातायातको ना४ख ३३१८ नम्बरको बस मार्पाक गाविस-६ लपाङमा दुर्घटना भएको हो। पहिरो गएको कारण सडक भासिएकाले अनियन्त्रित भई बस पल्टिएको घटनास्थलमा रहेका प्रहरी हवल्दार दिनेशप्रसाद यादवले पहिलोपोस्टलाई बताए।
 
बस आँखु खोला किनारमा खसेको छ। भीरमा शवहरु यत्रतत्र छरिएकाे मृतकको संख्या अझ बढ्न सक्ने प्रहरीको भनाइ छ। फाइल फोटो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell