PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

बाहिरी हल्लाका आधारमा धारणा नबनाउनूस् : प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

बाहिरी हल्लाका आधारमा धारणा नबनाउनूस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले ज्वलन्त समस्या समाधान गरेर देशलाई गति दिन चाहेको बताएका छन्।
 
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चुरे भावर पार्टीको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले भने, ‘देश समस्यामा छ, संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक समृद्धि जस्ता कार्यभार हाम्रासामु छन्। देशका ज्वलन्त समस्यालाई गम्भीरता रुपमा लिएको छु, यसमा तपाईहरुको पनि साथ चाहिन्छ।’
 
प्रधानमन्त्रीले आन्तरिक राष्ट्रिय एकता बलियो बनाउन आफू प्रतिबद्ध रहेको बताउँदै बाहिरी हल्लाका आधारमा धारणा नबनाउन पनि आग्रह गरे।
 
भेटमा चुरे भावर पार्टीका नेताहरुले संविधान संशोधनमा सबैको भावना ख्याल गर्न, चुरे भावर प्रदेशको व्यवस्था गर्न, २०६४ मा आफूहरुसँग भएको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell