PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

अपडेट : धादिङ दुर्घटनामा १८ को मृत्यु, घाइते ६ जनालाई काठमाडौं ल्याइयो



सविन ढकाल

अपडेट : धादिङ दुर्घटनामा १८ को मृत्यु, घाइते ६ जनालाई काठमाडौं ल्याइयो

काठमाडौं : धादिङको मार्पाकमा यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ।
 
घटनास्थलमा १४ जनाको र उद्धार गरी लैजाने क्रममा थप चार जनाको मृत्यु भएको धादिङ जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी शरद खत्रीले पहिलोपोस्टलाई जानकारी दिए।
 
धादिङबेँसीबाट २७ जना यात्रुको चलानी भएकोमा बाटोमा थप चढेको हुन सक्ने प्रहरीको अनुमान छ। गम्भीर घाइते ६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको जिल्ला प्रशासन कार्यालयका प्रमुख विश्वप्रकाश सुवेदीले जानकारी दिए।
 
त्यस्तै गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भने गम्भीर घाइते भएकालाई उद्धार गरी काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर उडिसकेको बताएका छन्।
 
धादिङको उत्तरी क्षेत्रमा पर्ने मार्पाकमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको हो। मृतकको संख्या बढ्न सक्ने बताइएको छ।
 
धादिङबेँसीबाट किन्ताङफेदी गइरहेको संयुक्त यातायातको ना४ख ३३१८ नम्बरको बस मार्पाक गाविस-६ लपाङमा दुर्घटना भएको हो। पहिरो गएको कारण सडक भासिएकाले अनियन्त्रित भई बस पल्टिएको घटनास्थलमा रहेका प्रहरी हवल्दार दिनेशप्रसाद यादवले बताए। फाइल फोटो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell