PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

यात्रुबाहक बसको ठक्करबाट वृद्धाको ज्यान गयो



पहिलोपोस्ट

विराटनगर : मोरङमा यात्रुवाहक बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
 
सुन्दरदुलारी–२ स्थित गणेशचोकमा भएको घटनामा सुनसरीको इटहरी– ३ बस्ने ८४ वर्षीया मनमाया ढकालको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ।
 
पाँचथरको फिदिमबाट धरानतर्फ जाँदै गरेको ना ४ ख ८२०२ नम्बरको बसले पैदल हिँडिरहेको उनलाई ठक्कर दिएको थियो। गम्भीर अवस्थामा उहाँलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। बससहित चालक प्रहरीको नियन्त्रणमा छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell