काठमाडौं : ‘घुम्तीमा नआऊ है’, ‘पर लैजाऊ फूलहरु’, ‘यो नानीको शिरैमा’ जस्ता हिट गीत गाएका प्रेमध्वज प्रधान एक दशकपछि संगीत क्षेत्रमा नयाँ गीतको कोसेली लिएर फर्किएका छन्।
रचनाकार डब्बु क्षेत्रीको शब्द रहेको ‘ती आँखामा’ बोलको गीतमा प्रधानले स्वर दिएका हुन्।
जुगोल ढंगोलको संगीत तथा एरेन्जमेन्ट रहेको गीतमा प्रेमध्वजलाई गायिका केञ्जुमा सुब्बाले साथ दिएकी छिन्। मोहनराज आचार्यको निर्देशनमा बनेको भिडियोमा मोडलहरु विकास लामिछाने र बिनिताको फिचरिङ छ।
अमृत सुनुवारको छायांकन रहेको भिडियो माधव बेलवासेले सम्पादन गरेका हुन्। सोमबार युट्युब मार्फत उक्त गीतको भिडियोलाई बजारमा ल्याइएको छ।
भिडियो-