PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

धादिङ बस दुर्घटना : हेलिकोप्टरमार्फत ल्याइएका १२ जनाको काठमाडौंमा उपचार हुँदै



सविन ढकाल

धादिङ बस दुर्घटना : हेलिकोप्टरमार्फत ल्याइएका १२ जनाको काठमाडौंमा उपचार हुँदै

काठमाडौं : धादिङको मार्पाकमा यात्रुबाहक बस दुर्घटनाका १३ घाइतेलाई दुई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।
 
घटनास्थलबाट उपचारका लागि ल्याउने क्रममा बाटैमा एक जनाको मृत्यु भएकाले अहिले त्रिवि शिक्षण अस्पतालमा १२ जनाको उपचार भइरहेको छ। केहीको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन्।


घाइते हुनेहरुमा मिलन तामाङ, नोमु लामा, बिक्की थापा, धनाबहादुर लामा, प्रेम विक, ईश्वर सुवेदी, मुनिङ तामाङ, टेकुमाया घले, मातेन तामाङ, छेले तामाङ रहेका छन्। एक जनाको परिचय खुलेको छैन।
 
घटनामा अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ। घटनास्थलमा १४ जनाको र उद्धार गरी लैजाने क्रममा पछि पाँच जनाको मृत्यु भएको धादिङ जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी शरद खत्रीले पहिलोपोस्टलाई जानकारी दिए।
 
धादिङबेँसीबाट २७ जना यात्रुको चलानी भएकोमा बाटोमा थप चढेको हुन सक्ने प्रहरीको अनुमान छ। गम्भीर घाइते भएकाहरुलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाएको जिल्ला प्रशासन कार्यालयका प्रमुख विश्वप्रकाश सुवेदीले जानकारी दिए।
 
त्यस्तै गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भने गम्भीर घाइते भएकालाई उद्धार गरी काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाएको बताएका छन्।
 
धादिङबेँसीबाट किन्ताङफेदी गइरहेको संयुक्त यातायातको ना४ख ३३१८ नम्बरको बस मार्पाक गाविस-६ लपाङमा दुर्घटना भएको हो। पहिरो गएको कारण सडक भासिएकाले अनियन्त्रित भई बस पल्टिएको घटनास्थलमा रहेका प्रहरी हवल्दार दिनेशप्रसाद यादवले बताए।
धादिङ कांग्रेसका सभापति रमेश धमलाका अनुसार घटनास्थलको अवस्था भयावह छ। यत्रतत्र गाडीका टुक्रा छरिएका छन्। 'उछिट्टिएर अन्यत्र पनि शव फेला पर्न सक्ने सम्भावना देखिन्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell