PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

विमाकुमारी र विमलको दोहोरी ‘धन कमाउन परदेशमा’ सार्वजनिक



पहिलोपोस्ट

काठमाडौं : लामो समयको अन्तरालपछि लोक दोहोरीमा स्थापित नाम विमल डाँगी र विमाकुमारी दुराको आवाजमा ‘धन कमाउन परदेशमा’ बोलको गीत सार्वजनिक भएको छ।
 
यसअघि यी दुवै गायकको आवाजमा रहेको लोकदोहोरी ‘पानसमा बत्ती बालेको’ निकै चर्चित थियो।
 
अमेरिकामा रहँदै आएकी नीरु न्यौपानेको शब्द रहेको गीत बिन्ध्यवासिनी म्युजिक प्रालिमार्फत बजारमा आएको हो। गणेश चौलागाईंको लय रहेको गीतको भिडियो छायांकन सोमबार सकिएको छ।  भक्तपुरको विभिन्न स्थानमा खिचिएको भिडियोमा देवेन्द्र छेत्री र रेश्मा केसीको अभिनय छ।
 
कपिल लामाको निर्देशन रहेको भिडियोलाई राजेश घिमिरेले छ्याङ्कन गरेका हुन्।
 
भिडियो पोस्ट प्रोडक्सनको काम सकिनुअघिका लागि बिन्ध्यवासिनी म्युजिक प्रालिको आफ्नो युट्युब च्यानलमा गीतको अडियो मात्र सार्वजनिक गरेको थियो।

हेर्नुस् यो गीत
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell