PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

न्युनतम पारिश्रमिक लागू गराउन प्रेस युनियनले सरकारलाई दबाब दिने



पहिलोपोस्ट

न्युनतम पारिश्रमिक लागू गराउन प्रेस युनियनले सरकारलाई दबाब दिने

काठमाडौँ :  नेपाल प्रेस युनियन काठमाडौँले पत्रकारको न्युनतम पारिश्रमिक लागू गराउन सरकारलाई दबाब दिने भएको छ।
 
शाखाका अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा आज बसेको बैठकले कतिपय सञ्चारमाध्यममा अझै पनि न्युनतम पारिश्रमिक लागू नगरेको जनाउँदै सरकारलाई दबाब दिने निर्णय गरेको हो। बैठकले राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायत स्थानमा समाचार सङ्कलनमा जाँदा सञ्चारकर्मीले झेल्नुपरेको समस्याप्रति आपत्ति जनाउँदै उक्त स्थानमा समाचार सङ्कलनलाई सहज बनाउन माग गरेको छ।
 
बैठकले दसैँतिहारको शुभकामना आदानप्रदान गर्नका लागि कार्यक्रम गर्ने, युनियनका सदस्यलाई यथाशक्य छिटो परिचयपत्रको व्यवस्था गर्ने र नियुक्तिपत्र नदिने सञ्चारमाध्यमलाई नियुक्तिपत्र दिन दबाब दिने निर्णय गरेको शाखाका सचिव महेश्वर गौतमले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell