PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

घटनास्थल घोप्टेभीर पुगेपछि गृहमन्त्रीले भने- 'भारतीय क्षेत्रमा पनि खोजी बढाइएको छ'



पहिलोपोस्ट

घटनास्थल घोप्टेभीर पुगेपछि गृहमन्त्रीले भने- 'भारतीय क्षेत्रमा पनि खोजी बढाइएको छ'

चितवन : गृहमन्त्री विमलेन्द्र निधिले त्रिशूली नदीमा गाडीसहित बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र उनका भाइहरुको खोजीकार्यमा राज्यका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन्।
 
आइतबार दिउँसो दारेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूलीमा खसी बेपत्ता भएका घिमिरे दाजुभाइको अवस्था बुझ्न आएका मन्त्री निधिले सुरक्षा निकायका प्रमुख सामु सो कुरा बताएका हुन्।
 
नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बेपत्ता भएका व्यक्तिको खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र तथा प्रहरी तथा नेपाली सेनाले समन्वय गरेर काम गरिरहेको र घोप्टेभिरबाट भारतीय सीमा क्षेत्रसम्म ५६० सुरक्षा निकायका जनशक्ति परिचालन गरिएको जानकारी दिए। पानीभित्र हेर्न मिल्ने उपकरण प्रयोग भएको, मेटल डिटेक्टरको प्रयोग गरी बेपत्ता सवारी साधान खोजी गरिएको, नेपाली सेना र सशस्त्रको तीन वटा डुङ्गा र र्‍याफ्टिङ प्रयोग भएको पनि उनले जानकारी गराए।
 
नेपालका दक्ष गोताखोर खोजी कार्यमा जुटेको, सीमापारि भारतीय क्षेत्रमा समेत खोजी गर्न नेपाल र भारतका सीमा क्षेत्रका सुरक्षा निकायले समन्वय गरी काम थालेको छ भन्दै मन्त्री निधिले आवश्यक परेमा जुन देशको पनि गोताखोर मगाउन सरकार तयार रहेको बताए।
 
गृहमन्त्री निधिसँगै गृहसचिव लोकदर्शन रेग्मी, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राई, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीसहित दुर्घटनास्थल निरीक्षणका लागि आएका छन्। निधिसँगै भरतपुरमा उपचाररत सो दुर्घटनाका घाइते चालक प्रहरी हवल्दार विष्णु राईलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell