काठमाडौं : ३७औं विश्व पर्यटन दिवस आज नेपालमा पनि मनाइँदैछ। सेप्टेम्बर २७ लाई पर्यटन दिवसका रुपमा विश्वभर मनाउने गरिएको छ।
दिवसका अवसरमा हवाई मार्ग एवम् स्थल मार्गबाट आउने पर्यटकलाई स्वागत गर्ने प्रचलन अनुरुप आज विभिन्न ठाउँमा पर्यटकलाई स्वागत गरिएको छ। आन्तरिक तथा बाह्य पर्यटकले पनि आजको दिन विशेष महत्वका साथ घुमघाम गरेर मनाउने गरेका छन्।
नेपालका विभिन्न ठाउँमा आजकै दिन खिचिएका फोटो हामीले यहाँ प्रस्तुत गरेका छौं।
.JPG)
.JPG)
.JPG)
म्याग्दीको घार–१ मा पर्ने पुनहिलमा सूर्योदय र हिमशृंखला दृश्यावलोकनका लागि पुगेका पर्यटक। सन्तोष गौतम, रासस
.jpg)
काँकडभिट्टाबाट मङ्गलबार बिहान नेपाल प्रवेश गरेका नर्वेका मार्टिनपल र जेनपललाई ३७ औं विश्व पर्यटन दिवसको अवसरमा स्वागत गरिँदै।चन्द्रकला भण्डारी, रासस
.jpg)
पोखरा विमानस्थलमा पर्यटकको स्वागतका लागि व्यानरसहित पुगेका पोखराका पर्यटन व्यवसायी। वासुदेव पौडेल, रासस
.jpg)
पोखरा विमानस्थलमा फूलमालाले स्वागत गरिएका पर्यटक। वासुदेव पौडेल, रासस
.jpg)
पोखरा विमानस्थलमा आयोजित सांस्कृतिक कार्यक्रममा रमाउँदै पर्यटक। वासुदेव पौडेल, रासस

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले लमजुङको बेसीसहरमा आएका पर्यटकलाई ढाकाको टोपी र गलबन्दी पहिर्याएर सम्मानित गरिँदै। सन्देश पौडेल, लमजुङ

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले लमजुङको बेसीसहरमा आएका पर्यटकलाई स्वागत गरिँदै। सन्देश पौडेल, लमजुङ