PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

महन्थ ठाकुरको घरमा चोरी गर्ने आफ्नै ड्राइभर



पहिलोपोस्ट

काठमाडौं : भदौ २४ गते भक्तपुरको सानोठिमीस्थित तमलोपा अध्यक्ष महन्थ ठाकुरको घरमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 
पक्राउ पर्नेहरुमा सर्लाहीको पिडाडी गाविस ३ घर भएका रन्जितप्रसाद गुप्ता र महोत्तरीको मेघनाथ घोरन्ना गविस ४ घर भई हाल काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षका प्रचण्डप्रताप सिंह रहेका छन्।
 
पक्राउ परेका गुप्ता भने ठाकुरका पूर्व गाडी चालक समेत रहेको खुल्न आएको छ। केही दिनदेखि उनीहरुले ठाकुरको घरको निगरानी गरिरहेको र ठूलै रकम भित्रिएको सूचना पाएपछि चोरी गरेको महानगरीय अपराध महाशाखाका एसपी सहकुल  थापाले बताए।
 
ब्रिफकेस लिएर भाग्ने क्रममा ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुरले चिन्ने भएपछि गुप्ताले आँखामा खोर्सानीको धुलो हालेका थिए। सामान्य विवाद भएपछि केही समयअघि उनलाई चालकबाट हटाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell