PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

कसैलाई चकलेट दिएर खुसी पारेजस्तो होइन संविधान संशोधन : केपी ओली



पहिलोपोस्ट

कसैलाई चकलेट दिएर खुसी पारेजस्तो होइन संविधान संशोधन : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई चित्त नबुझ्दैमा संविधान संशोधन हुन नसक्ने जिकिर गरेका छन्।

एमाले केन्द्रीय कमिटीको बैठक समापनपछि पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष ओलीले संशोधन गर्नुपर्ने कारण बताउन पनि आग्रह गरे।
'कसैलाई चकलेट दिएर खुसी पारेजस्तो होइन संविधान संशोधन,' उनले प्रश्न गरे, 'फलानालाई चित्त बुझाउनका लागि संशोधन कि आवश्यकता?'
 
वर्तमान सरकारले संविधान मान्छु भनेर भनाउन पनि नसकेको उनको आरोप थियो।
 
एमाले कसैले गरेको कवुलियतनामा नबुझ्ने पार्टी भएको भन्दैं ओलीले थपे, 'कसैले पहिले संविधान मानेर आओस् अनिमात्र संशोधन हुन्छ। एमाले लाचार पार्टी होइन।'   

संवैधानिक प्रमुख र प्रधानमन्त्री बहकिएर संशोधनको कुरा उठाइरहेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell