PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

​एमालेद्वारा संविधान कार्यान्वयनका लागि चार महिने कार्यक्रम घोषणा



पहिलोपोस्ट

काठमाडौँ : नेकपा एमालेले संविधान कार्यान्वयनका लागि चार महिना लामो जनपरिचालन कार्यक्रम गर्ने भएको छ। एमाले केन्द्रीय कमिटीको बैठकले चार महिने कार्यक्रम सार्वजनिक गरेको हो।

जस अनुसार एमालेले सात वटै प्रदेशमा सभा समेत गर्नेछ। एमालेले अभियानमा राष्ट्रिय एकता समृद्धि र स्वाभिमानको नारा अगाडि सारेको छ।

अभियानमा पूर्ववर्ती सरकारको कार्यकालको उपलब्धी प्रस्तुत गर्ने, एमाले नेतृत्वको सरकार परिवर्तन पछि उत्पन्न परिवर्तित राजनीतिक कोर्स र अन्तराष्ट्रिय सम्बन्धमा वर्तमान सरकारका असन्तुलित नीतिहरुबारे सजग गराउने एमालेले जनाएको छ।

एमालेले निर्वाचन तयारीमा वर्तमान सरकारले ढिलासुस्ती गरेको दावी गर्दै जनदबाब श्रृजना गर्ने अभियानको उद्देश्य भएको जनाएको छ।

एमाले प्रचार विभाग प्रमुख सचिव योगेश भट्टराईले सबै प्रदेश कमिटीहरुले बैठक गरेर कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।
दसैँ तिहारमा चियापान गर्दै आएको एमालेले तराई मधेसमा छठमा समेत चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ।

एमालेले कांग्रेसको सत्तालिप्सा र अस्थिरता निम्त्याउने नीति, माओवादी केन्द्रको अवसरवाद र मधेस केन्द्रीत दलहरुको सङ्किर्णता तथा राष्ट्रिय एकता कमजोर पार्ने गतिविधिबारे जनतामा स्पष्ट पार्ने दावी गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell