PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

​राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता : प्याडल नेपालको ए टीम च्याम्पियन



पहिलोपोस्ट

​राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता : प्याडल नेपालको ए टीम च्याम्पियन

काठमाडौं : नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघले ३७ औं विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिताको उपाधि प्याडल नेपाल ए टोलीले जितेको छ। 

चितवनको फिस्लिङदेखि चुङ खोलाको गोर्खा बिच रिसोर्टसम्म मंगलबार भएको पाँच किलोमिटर दुरीको रेसमा प्याडल नेपाल ए ले निर्धारित दुरी १३ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै उपाधि जितेको हो। 

निमबहादुर मगरको कप्तानीमा रहेको टोलीमा सोमबहादुर मगर, जीवन राना मगर, सुनिल गुरुङ र भरत गुरुङ र लीलबहादुर गुरुङ सहभागी थिए। उपाधिसँगै विजेता टोलीले २३ हजार रुपैयाँ पुरस्कार पायो।

प्रतियोगितामा प्याडल नेपालकै बी टोली दोस्रो भयो। दोस्रो भएको टोलीले १४ मिनेट २२ सेकेन्डमा रेस सकेको थियो। उपविजेता बी ले १५ हजार रुपैयाँ पुरस्कार पायो।

हिमालयन रिभर गाइड एसोसिएशन नेपाल तेस्रो भयो। उसले १० हजार रुपैयाँ हात पार्‍यो। प्रतियोगितामा पाँचौं स्थानसम्म हात पार्ने टोलीलाई नगद पुरस्कार प्रदान गरिएको थियो। 

प्रतियोगितामा देशभरका ९० खेलाडीले भाग लिएका थिए। सहभागी खेलाडीलाई १५ समूहमा विभाजन गरिएको थियो। नेपालमा र्‍याफ्टिङ  खेलको विकास गर्न संघले हरेक वर्ष त्रिशूली, कर्णाली र भोटेकोसी लगायत नदीमा यस्तो प्रतियोगिता सञ्चालन गर्दे आएको छ।

प्रतियोगिताका विजेता खेलाडीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद् बद्री पाण्डे, संघका अध्यक्ष मानबहादुर न्यौपान लगायतले पुरस्कार प्रदान गरेका थिए। फोटो : राखेपब



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell