PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

दसैं-तिहारलाई लक्षित गरेर दुग्ध वितरण आयोजनाले घिउ र पनिरमा दिँदैछ छुट



पहिलोपोस्ट

दसैं-तिहारलाई लक्षित गरेर दुग्ध वितरण आयोजनाले घिउ र पनिरमा दिँदैछ छुट

  • महेन्द्र बिष्ट
विराटनगर : दसैं, तिहार र छठ लगायतका नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर विराटनगरस्थित दुग्ध वितरण आयोजनाले दूध, दही र पनिर लगायतका दुग्धजन्य पदार्थको उत्पादन वृद्धि गर्ने भएको छ।
 
दसैंदेखि छठसम्मलाई आयोजनाले थप पाँच हजार किलो पनिर उत्पादन गरी भण्डारण गर्ने तयारी गरेको आयोजना प्रमुख सरोज कुमार सिंखडाले बताए।
 
चाडपर्वको बेला दुग्धजन्य पदार्थको माग सामान्य बेलाको भन्दा दोब्बर बढी हुने भएकाले ती वस्तुहरुको भण्डारण गर्न लागिएको हो। सामान्य अवस्थामा दैनिक दुई सय किलो माग रहेको पनिरको चाडपर्वको समयमा दैनिक पाँच सय किलोसम्म माग हुने गर्दछ।
 
सामान्य अवस्थामा दैनिक तीनदेखि चार हजार लिटर खपत हुने दूध र दहीको माग चाडपर्वमा बढेर प्रतिदिन आठ हजार लिटर तथा घिउ दैनिक डेढ सय किलोबाट बढेर पाँच सय किलोसम्म पुग्ने आयोजना प्रमुख सिंखडा बताउँछन्।
 
‘उत्पादन बढाउन आयोजनालाई दूधको अभाव छ, अहिले दैनिक २५ देखि ३० हजार लिटर दूध संकलन भइरहेको र त्यसले चाड पर्वको मागलाई समेत धन्न सक्छ,’ आयोजना प्रमुख सिंखडाले भने।
 
नजिकिदै गरेका पर्वहरुलाई मध्यनजर गरेर आयोजनाले पनिरमा प्रतिकिलो रु पाँच र घिउमा रु १० छुट दिएको छ। आयोजनाको काउण्टरबाट खरिद गर्ने उपभोक्तालाई मात्र उक्त छुट दिएको आयोजनाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell