PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

​क्रस कन्ट्री माउन्टेन बाइक च्याम्पियनसिपमा ओकेश र प्रचित विजेता



पहिलोपोस्ट

काठमाडौं : ओकेश बज्राचार्य र प्रचित थापा मगर क्रस कन्ट्री माउन्टेन बाइक च्याम्पियनसिपमा विजेता बनेका छन्। 

मंगलबार सम्पन्न च्याम्पियनसिपमा ओकेश खुला तथा प्रचित यु–२३ उमेरसमूहमा पहिलो भए। चोभारमा भएको प्रतियोगिता अन्तर्गत दुवै विधामा १५ किलोमिटर दूरीमा प्रतिस्पर्धा भएको थियो।

ओकेशले निर्धारित दूरी ५२ मिनेट ५५ सेकेन्डमा पूरा गरे। मनबहादुर थापा (५४ मिनेट १६ सेकेन्ड) दोश्रो तथा सुरज राना मगर (५६ मिनेट ३५ सेकेन्ड) तेश्रो भए।

त्यसैगरी, प्रचितले निर्धारित दूरी ५३ मिनेट ५४ सेकेन्डमा पुरा गरे। दीपक सिंह (५७ मिनेट ३१ सेकेन्ड) दोश्रो तथा विशाल गुप्ता (१ घण्टा ००.१९ सेकेन्ड) तेश्रो स्थानमा रहे।

दुवै विधामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार हात पारे। नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको राष्ट्रिय साइक्लिङ संघ, नेपालद्वारा आयोजित प्रतियोगिताको दुवै विधामा समान ११–११ खेलाडी सहभागी थिए।

विजेतालाई पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेल, आयोजक संघका अध्यक्ष जीवनराई लगायतले पुरस्कृत गरे।
फोटो : राखेप



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell