PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

मन्जुश्री पेट्रोल पम्पमा सिलबन्दी, सञ्चालक पक्राउ



पहिलोपोस्ट

ललितपुर : ललितपुर उपमहानगरपालिका- १२ लगनखेलमा रहेको मन्जुश्री पेट्रो सेन्टर पम्पका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
 
मिसावट गरी पट्रोलियम पदार्थ बिक्री गरेको सूचनाको आधारमा पम्प सञ्चालक ललितपुर-१२ का ४२ वर्षीय विशाल बज्राचार्य पक्राउ परेका हुन्। त्यस्तै प्रहरीले पम्पका मेनेजर दोलखा डाँडाखर्कका ४० वर्षीय रामकाजीलाई समेत नियन्त्रण लिई अनुसन्धान गरिरहेको छ।
 
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोली, जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगमका प्रतिनिधीको रोहबरमा उक्त पम्प सिलबन्दी समेत गरिएको ललितपुरका डिएसपी ईश्वर कार्कीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell