PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

मदन भण्डारी स्पोर्टस् एकेडेमीले गर्‍यो ५० ज्येष्ठ राष्ट्रिय खेलाडीलाई सम्मान



पहिलोपोस्ट

काठमाडौं : नेपाली खेलकुदको पहिलो पुस्ताका राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ। मदन भण्डारी स्पोर्टस् एकेडेमी र मनमोहन स्मृति प्रतिष्ठानले संयुक्त रुपमा नेपाली खेलकुदमा लामो समय खर्चिएका ज्येष्ठ पूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको हो।
 
विश्व ज्येष्ठ नागरिक दिवसका अवसरमा प्रतिष्ठान र एकेडेमीले नेपाली खेलकुद क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका ७० वर्षभन्दा माथि उमेर समूहका पूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरेको हो। 
 
सम्मानित हुनेमा पूर्व राष्ट्रिय खेलाडी आरवी सिंह, मधुकर शमशेर राणा, कुमार मोहनबहादुर शाही, कोमल राणा, जयकुमारनाथ शाह, रीता मुखर्जी, बानु राणा, नृपेन्द्रसिंह केसी, परासिया कला, हिमालय शमशेर राणा, विनोद शमशेर राणा, द्वारिकारामभगत माथेमा, शंकर केसी, ललितविक्रम शाह, जी शाही, शशि सुवेदी, नुवानविक्रम सिंह, डा. सिंहबहादुर बस्नेत, रुपाल शमशेर जबरा, विश्व थापा, भीम थापा, विनयराज पाण्डे, सागरशम्शेर राणा, निमा लामा, हेमा लामा, अंकुरसिंह राणा रहेका छन्।
 
त्यस्तै, वासुदेव प्रधान, दामोदरनारायण सुवाल, विजेन्द्रलाल श्रेष्ठ, यज्ञलाल श्रेष्ठ, रमेश खनाल, त्रिरत्न मानन्धर, प्रयागराजसिंह सुवाल, माणिकचरण श्रेष्ठ, सुरेशसिंह आले, रामशंकरलाल श्रेष्ठ, रविप्रसाद गुरुङ, कान्छालाल दर्शनधारी, रुवाल शमशेर जबरा, सुरबहादुर श्रेष्ठ, कृष्णबहादुर खत्री, श्याम चित्रकार, ज्ञानबहादुर धाख्वा, समरबहादुर महत, कृष्णप्रसाद खड्गी, अजितनारायण थापा, प्रभु श्रेष्ठ, कल्याण श्रेष्ठ र गिजेन्द्रमान सिंहलाई पनि सम्मान गरियो।
 
जेष्ठ खेलाडीहरुलाई पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष भरतमोहन अधिकारी, मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी र मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठलगायतले सम्मान गरेका थिए।
 
सम्मानित खेलाडीहरुलाई शीतलनिवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिइन्। राष्ट्रपति भण्डारीले देशको नाम, शान र झण्डा विश्वमाझ परिचित गराउन सफल जेष्ठ खेलाडीलाई सम्मान गरेकोमा आफू निकै खुसी भएको बताइन्।
 
भण्डारीले पुराना खेलाडीको अनुभवले नयाँ पिढीँलाई प्रोत्सान मिल्ने बताइन्। भण्डारीले जापानमा हुने सन् २०२० टोकियो ओलम्पिकका लागि अहिलेदेखि नै तयारीमा जुट्नु आवश्यक रहेको बताइन्।
 
एमाले अध्यक्ष ओलीले देश र स्वास्थ्यका लागि खेलकुद निकै आवश्यक भएको औंल्याउदै नेपाली खेलकुद क्षेत्रका पहिलो पुस्ताका खेलाडीहरुको सम्मानले नयाँ खेलाडीलाई हौसला मिल्ने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell