PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

​भारतसँगै वंगलादेश, भुटान र अफगानिस्तान पनि इस्लामावाद नजाने



पहिलोपोस्ट

​भारतसँगै वंगलादेश, भुटान र अफगानिस्तान पनि इस्लामावाद नजाने

काठमाडौं : आसन्न सार्क सम्मेलनमा भाग नलिएर नयाँ दिल्ली सुरु गरेको पाकिस्तानविरुद्धको रणनीतिक प्रहारमा वंगलादेश, भुटान र अफगानिस्तानले पनि साथ दिएका छन्। थप तीन मुलुकले इस्लामावादमा हुन लागेको सार्क सम्मेलानमा सहभागिता नजनाउने भएका हुन्।

भारतको इस्लामावाद नजाने निर्णयसँगै सार्क सम्मेलन अनिश्चिततातिर गएको छ। सार्क सम्मेलन फेरि भारत र पाकिस्तानको तनावको सिकार बन्ने करिब निश्चित छ।

काठमाडौंस्थित सार्क सचिवालय स्रोतलाई उदृद्ध गर्दै दी हिन्दु लेख्छ – बढिरहेको हिंसात्मक घटना र अफगानिस्तानमा जारी आतंकवादी गतिविधि नियन्त्रणका कार्य व्यस्ततामा संलग्न हुनुपर्ने भएकाले राष्ट्रपति मोहम्मद असरफ घानीले सम्मेलनमा सहभागी हुन नसक्ने जनाएको छ। सार्क सचिवालयले वंगलादेशबाट पनि यस्तै प्रतिक्रिया पाएको छ। वंगलादेशको आन्तरिक मामिलाका कारण इस्लामावादमा हुन लागेको सम्मेलनमा सहभागिता नजनाउने बताएको हो।

भुटानले क्षेत्रीय राजनीतिमा आतंकवादले प्रभाव पारेको भन्दै सहभागिता जनाउन नसक्ने जनाएको छ।

भारतमा भएको आतंकवादी हमलामा पाकिस्तानको भूमिका रहेको आक्षेप लगाउँदै आएको भारतले सार्क सम्मेलन बहिस्कारको घोषणा गरिसकेको छ। श्रीलंकाले पनि भारत अनुपस्थित हुने हो भने सार्क सम्मेलन सफल नहुने जनाइसकेको छ।

१८ भारतीय सैनिकको ज्यान जाने गरी जम्मु र कास्मिरको उरीमा आतंकवादी हमला भएपछि भारत र पाकिस्तानको सम्बन्धमा थप चीसोपन आएको छ।
पाकिस्तानले भने भारतले बहिस्कार गर्नुलाई दुर्भाग्यपूर्ण जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell