PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

शिवध्वजलाई कांग्रेस सभापति देउवाले दिए श्रद्धाञ्जली



पहिलोपोस्ट

शिवध्वजलाई कांग्रेस सभापति देउवाले दिए श्रद्धाञ्जली

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोलुखुम्बुका कांग्रेसका पुराना नेता शिवध्वज बस्नेतप्रति श्रद्धाञ्जली दिएका छन्।
 
नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँग निकट रहेर काम गरेका नेता बस्नेतको बौद्धस्थित निवासमा आजै ९६ वर्षको उमेरमा निधन भएको हो। बस्नेतलाई देउवाले नेपाली कांग्रेसको झन्डा ओढाएर सम्मान श्रद्धाञ्जली दिएका हुन्।
 
सोलुखुम्बुको सिरुवा चौलाखर्कमा १९७८ असारमा जन्मिएका शिवध्वज मकरध्वज बस्नेतका तिनमध्ये जेठी श्रीमतीतर्फका एक मात्र छोरा हुन्। उनका कान्छी आमातर्फ कांग्रेसकै पूर्वसांसद् पुरुषोत्तम बस्नेत सहित पाँच भाइ छन्। २००७ साल देखि पूरै परिवार राजनीतिमा लागेका थिए। बस्नेत पछिल्लो समय बौद्ध फूलबारीस्थित निवासमा बस्दै आएका थिए।
 
उनका तीनमध्ये जेठी श्रीमतीतर्फकी छोरी अम्बिका बस्नेत अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा सांसद छिन्। कोइराला परिवारका तारिणीप्रसाद कोइरालाका सम्धि समेत रहेका बस्नेतका बाँकी दुई श्रीमती र एकमात्र छोराको भने यसअघि नै निधन भइसकेको छ।
 
उनको जेठी श्रीमती कोपिला र छोरीहरु अम्बिका, इन्दिरा र शिला छन्। बस्नेतलाई छोरीतर्फका नाति विश्वदीप ढुंगानाले दागबत्ती दिए। उनको दाहसंस्कारमा श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्य आर्यघाट पुगेका थिए।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell