PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

​किन गए भारतीय राजदूत चिनियाँ नाकामा?



पहिलोपोस्ट

मुस्ताङ : भारतीय राजदूत रणजित राय छदिने मुस्ताङ भ्रमण गरी मङ्गलबार राजधानी फर्कैका छन्। यो बसाइमा नेपाल र चीनको सिमाना कोरलानजिक पुगेर त्यहाँको वस्तुस्थितिको समेत जानकारी लिए।
 
छ दिने भ्रमणका क्रममा राजदूत रणजित रायले भारतीय लगानीमा विभिन्न गाविसका निर्माण भएका आधा दर्जन आयोजनाको उद्घाटन गरे। दूतावासका दुईजना उच्चअधिकारीसहित असोज ६ गते मुस्ताङ ओर्लेका राजदूतले भोलिपल्टै योगेन्द्र उच्च मावि टुकुचेको भवन, कागबेनीमा निर्मित तटबन्ध र मुक्तिनाथस्थित झारकोटमा सामुदायिक भवनको उद्घाटन गरेका थिए।
 
यही असोज ८ मा उनले मुक्तिनाथ दर्शन गर्नुका साथै मुक्तिनाथ क्षेत्रमा निर्माण गरिएको धर्मशाला र खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरे। स्थानीयवासी र मुक्तिनाथका पुजारीसँगको छलफलमा राजदूत रायले सरकारले आग्रह गरेको खण्डमा मुक्तिनाथको गुरुयोजनालाई सहयोग गर्न तयार रहेको बताए। “सरकारले यो धामको चौतर्फी विकासका लागि गुरुयोजना तयार पारेको बुझेको छु, हामी त्यसमा सहयोग गर्न प्रतिबद्ध छौँ”, उनले भने।
 
मुक्तिनाथ क्षेत्र विकास कोष र पुरातत्व विभागले मुक्तिनाथको बृहत्तर विकासका लागि एक अर्ब रुपैयाँभन्दा बढीको गुरुयोजना तयार पारेको छ। असोज ९ गते लोमान्थाङ पुगेका राजदूत रायले भारतीय लगानीमा त्यहाँ निर्मित लोमान्थाङ गुम्बा र नाङगेल गुम्बाको अवलोकनसमेत गरेका थिए।
 
सोही दिन राजदूत राय कोरला नाका पुगेका थिए। नेपाल र चीनबीच दीर्घकालसम्म नाका सञ्चालन गर्ने बहस चलिरहेको बेला राजदूतको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। लोमान्थाङ भ्रमणका क्रममा राजदूतसँगको टोलीको जिविस मुस्ताङका इन्जिनियर सकलदेव शर्मा पनि सहभागी थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell