PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

काठमाडौंको गेस्ट हाउसमा महिलाको हत्या, सँगै बसेका पुरुष फरार



पहिलोपोस्ट

काठमाडौंको गेस्ट हाउसमा महिलाको हत्या, सँगै बसेका पुरुष फरार

काठमाडौं : काठमाडौंको भोटेबहालस्थित लुम्बिनी गेस्ट हाउसमा एक महिलाको शव फेला परेको छ।

काठमाडौं महानगरपालिका–२२ भोटेबहालमा रहेको गेस्ट हाउसमा दोलखा बाबरे–९ घर भएकी ४८ वर्षीया राधिका थापाको शव फेला परेको हो।
 
सोमबार बिहानदेखि नामथर नखुलेको पुरुष र उनी कोठा बुक गरी बस्दै आएका थिए। आफैंले लगाएको सुरुवालले उनको घाँटीमा कसिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी सन्तोष आचार्यले पहिलोपोस्टलाई जानकारी दिए। उनीसँगै बस्दै आएका करिब ३५ वर्षका पुरुष भने फरार छन्। (प्रतीकात्मक तस्बिर)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell