PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

जबर्जस्ती ट्याक्सी बन्द गराउँदै हिँड्ने ५६ जना ट्याक्सी चालक पक्राउ



पहिलोपोस्ट

काठमाडौं : प्रहरीले राजधानीका विभिन्न स्थानबाट ट्याक्सी चालकहरुलाई पक्राउ गरेको छ।
 
जबर्जस्ती ट्याक्सी बन्द गराउँदै हिँडेका ५६ जना चालकहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले बताए। 'आफू पनि ट्याक्सी नचलाउने र चलेकालाई पनि हाम्रो आन्दोलनमा साथ दिनुपर्‍यो भन्दै जबर्जस्ती ट्याक्सी बन्द गराउँदै हिँडेकाहरुलाई पक्राउ गरेका हौं,' उनले भने।
 
प्रहरीले कालिमाटी, चाबहिल, गौशाला, चक्रपथ, सुन्धारा लगायतका स्थानबाट ट्याक्सी चालकहरुलाई पक्राउ गरेको हो।
 
विभिन्न १९ बुँदे माग राख्दै ट्याक्सी चालकहरुले हिजोदेखि आन्दोलन सुरु गरेका छन्। जुनसुकै बेला प्रहरीले जाँच गर्न नहुने, ट्याक्सी थप्न नहुने, मिटर नचलाई पनि जान पाउनुपर्ने लगायतको माग राख्दै उनीहरुले हिजो राजधानीमा र्‍याली निकालेका थिए। सो क्रममा घन्टौं जाम भएकाले सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell