PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

​सांसदले भने : दुर्घटना घटाउ



पहिलोपोस्ट

काठमाडौँ : व्यवस्थापिका– संसद्मा आजको बैठकमा अधिकांश सांसदहरुले मुलुकमा बढ्दै गएको सडक दुर्घट्ना न्यूनीकरण गर्न ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। 
 
बैठकको विशेष समयमा बोल्दै सांसद कृष्णभक्त पोखरेल चितवत दुर्घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै ३६ किलोमिटर लामो बाटो पार गर्न ६ घन्टा लाग्ने गरेको दुखेसो पोखे।
 
उनले उक्त सडकमा दुर्घटना बढ्दै गएको भन्दै राजधानी भित्रिने एकमात्र सडक सुधारका लागि सरकारले सबै संयन्त्र परिचालन गर्नुपर्ने सुझाव दिए।
 
सांसद गुरुप्रसाद बुर्लाकोटीले धादिङमा मङ्गलबार भएको दुर्घटनाका घाइतको सम्पूर्ण उपचार खर्च तथा मृतकका परिवारलाई उचित क्षतिपूति दिनुपर्ने र ग्रामीण सडक स्तरोन्नतीका लागि सरकारसँग माग गरे।
 
सांसद रेशमबहादुर बानियाँले गत भदौ १७ गतेको अविरल वर्षाका कारण म्याग्दीमा आएको बाढीबाट पीडित जनताले आवश्यक सहयोग नपाएको गुनासो गर्दै उनीहरुको पुनः स्थापनाका लागि सरकारसँग माग गरे।
 
बेनी– मुस्ताङ सडकको स्तरोन्ती गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell