PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

पहिरोमा हराएकी रञ्जनाको शव भेटियो



पहिलोपोस्ट

गोरखा : मनास्लु पदमार्गअन्तर्गत गोरखाको केरौँजा–उहियाखण्डमा झरेको पहिरोमा परी बेपत्ता भएकी ओखलढुङ्गाकी २५ वर्षीया रञ्जना बस्नेतको शव भेटिएको छ।
 
बिहीमा रही क्यान नेपाल नामक संस्थामा काम गर्दै आएकी बस्नेत बिहीबाट आरुघाटतर्फ फर्कंदै गर्दा असोज ६ गते पहिरोमा परी बेपत्ता भएकी थिइन्।
 
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बूढीगण्डकी नदीबाट शवलाई बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिए। शव खोजीका लागि घटनास्थलमा नेपाल प्रहरीका सात, सशस्त्रका ११ र नेपाली सेनाका २६ जना खटिएका थिए।
 
मनास्लु क्षेत्र घुम्न गएका स्पेनी नागरिक ६६ वर्षीय एडोल्फो मेनुअल रिपा, काठमाडौँ गोकर्णका ३५ वर्षीय दोर्जे लामा र ३० वर्षीय छिरीङ शेर्पाको पहिरोमा परी मृत्यु भएको थियो। अरूको शव असोज ७ गते नै फेला परेको थियो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell