PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

दसैंअघि नै संविधान संशोधन प्रस्ताव, एमाले सहमतिमा आउनैपर्छ : प्रधानमन्त्री



पहिलोपोस्ट

दसैंअघि नै संविधान संशोधन प्रस्ताव, एमाले सहमतिमा आउनैपर्छ : प्रधानमन्त्री

  • सरिता पौडेल
चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संसोधनको प्रस्ताव दसैंअघि  नै संसदमा दर्ता गर्ने बताएका छन्।

जिल्ला प्रशासन कार्यालय चितवनको भवन उद्घाटन लगायतका कार्यक्रमका लागि चितवन आएका दाहालले यसका लागि एमाले सहमतिमा आउनुपर्ने बताए।

‘संविधान संसोधनको विषयमा सबैसँग छलफल भएको छ। दसैंअघि प्रस्ताव दर्ता गर्ने कोसिसमा छौं,' उनले भने, ‘राष्ट्रिय सहमति बनाउने कोसिस गरेको छु, एमाले पनि सहमतिमा आउनैपर्छ।’
 
प्रधानमन्त्री दाहालले मधेसको माग सम्बोधनका लागि एमालेसँग पटकपटक छलफल भएको भन्दै सहमतिमा ल्याउने प्रयास भइरहेको जानकारी दिए। संशोधनको विषयमा मधेसी मोर्चासँग पनि छलफल जारी रहेको उनको भनाइ थियो। प्रधानमन्त्रीले चैत्रभित्रमै स्थानीय निकायको निर्वाचन गर्नेुपर्नेमा जोड दिएका छन्। यसका लागि वातावरण बनाउन मिडियालाई पनि उनले आग्रह गरे। ‘चैतमा चुनाव गरिएन भने अप्ठेरो स्थिति आउँछ,’ उनले भने, 'मिडियाले पनि यसको वातावरण बनाउन सहयोग गर्नुहोला।'

समस्या समाधनका लागि आफू मधेस जान इच्छुक रहेको भन्दै उनले मौसमको कारणले त्यता जान नसकेको बताए। अर्को एक प्रसंगमा उनले कैलाली घटनामा संलग्न भएकालाई माफी दिने कुराको निर्णय नभएको प्रस्ट पारे। फोटो रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell